नियम ९
सचिवालय र कर्मचारी सम्बन्धी व्यवस्था
(१) काउन्सिलको एउटा छुट्टै सचिवालय हुनेछ ।
(२) काउन्सिलको सबै काम कारबाही तथा दैनिक कार्य सञ्चालन गर्नको लागि काउन्सिलले आवश्यक कर्मचारीहरू नियुक्ति गर्न सक्नेछ ।
(३) काउन्सिलका कर्मचारीहरूको पारिश्रमिक तथा सेवा शर्त सम्बन्धी व्यवस्था विनियममा तोकिए बमोजिम हुनेछ ।